Kshitiz(09), Abhimanyu(04)
उद्देश्य:
यो कार्यक्रम सुनेपछि नेपालमा अनियमित जलवायु परिवर्तन र ग्लोबल ह्वार्मिङ्का नराम्रा प्रभाव तथा यसबाट जोगिन के गर्ने र यस सम्बन्धि जानकारी हासिल गर्न मद्दत पुग्नेछ। साथसाथै स्थानिय /व्यत्तिगत स्तरबाट वातावरण संरक्षणमा हाम्रो भुमिका पहिल्याउन समेत सहयोग पुग्नेछ।
Direction
Description
Duration
Theme Music
Fade up
fade down do not cut until opening finishes
15 seconds
Opening: क्षितिज श्रेष्ठ
नमस्कार, म क्षितिज साथी अभिमन्यु सँग कार्यक्रम हाम्रो घर लिएर तपाईँसामु आएको छु। यो कार्यक्रम काठमाण्डौ विश्वविद्दालय मा मिडिया स्टडिज् अध्ययनरत विद्दार्थी द्वारा चौथौं वर्षको रेडियो प्रोडक्सन र्कोस् का लागी तयार पारिएको हो। नितान्त शैक्षिक प्रयोजनका लागी तयार पारिएको यस कार्यक्रमका विषयसूची समूहगत अनूसन्धानमा आधारीत छ।
20 seconds
Continue theme music
Fade up, cut
5 s.
Information of the Program: क्षितिज श्रेष्ठ
यो कार्यक्रममा हामी बढ्दो औद्दोगिकरण तथा शहरीकरणले वातावरणमा पारेको प्रभावको बारेमा कुरा गर्ने छौँ। विश्वका विकसीत राष्ट्रहरूमा बढ्दै गएको ठूला उद्दोगहरूले वातावरणमा के कस्तो प्रभाव पार्न सक्छन्, यसलाई न्युनीकरण गर्न के गर्नुपर्छ भन्ने कुराको वरीपरी हाम्रो विषय घुम्ने छ।
Music
Fade up, fade out
Continue informationक्षितिज श्रेष्ठ
पृथ्वी आमा हुन्। पृथ्वीलाई हामीले आफ्नो आमा जत्तिकै माया गर्नुपर्छ। यसको हेरविचार गर्नुपर्छ। अनिमात्र यसले भविष्यमा पनि मानिसहरूलाई वास, गाँस, र कपास प्रदान गरिरहने छ। तर, आजको बढ्दो आधुनिकीकरणले मान्छेलाई अन्धो बनाएको छ। आफ्नो स्वार्थ पूरा गर्न मान्छेले हाम्रो घरलाई पार्ने प्रभावको बारेमा पटक्कै सोचेनन्। यसको नकारात्मक प्रभावले हामी सबैलाई दु:ख दिनेछ भन्ने हामीले बिर्सनू हुँदैन।
Music
Fade up, Fade Out, Cut
Highlights Menu:
अभिमन्यु दिक्षित
पृथ्वीलाई माया गर्नेहरूका लागी आजको प्रस्तुती उपयोगी हुनेछ भन्ने हाम्रो आशा छ। आजको कार्यक्रम हाम्रो पाँचौ श्रृङ्खला हो। कार्यक्रममा हामी आज
l ग्लोबल ह्वार्मिङ् को कारण र नेपालमा यसको प्रभाव
l वातावरण संरक्षणको लागी युवाहरूको भुमिका
l च्छो रोल्पा हिम्तालमा घुमेर आएकाहरूको अनुभव र ग्लोबल ह्वार्मिङ् को प्रभाव उनिहरूका आवाजमा
l वैकल्पिक ऊर्जाको रुपमा सजीवनको तेल प्रयोग गर्दा के-कस्ता फईदा हुन्छन् भन्ने विषयमा छलफल गर्ने छौँ।
l र अन्त्यमा नियमित नाटक श्रृङ्खला अब फेरिन्छ सुनाऊने छौँ।
Music + Social Advertisement + Music
Fade music up and out, Play advertisement, Fade music up and out
Narration 1:
क्षितिज श्रेष्ठ
कुनैपनि प्रविधि र विकासको राम्रो र नराम्रो पाटो दुवै हुन्छ। तर, हाम्रो कर्तव्य नराम्रो प्रभावलाई न्यून पर्दै राम्रो पक्षको अपयोग गर्नु हो। औद्दोगिक क्रान्तिको राम्रो पक्ष छन्। यसले जीवनस्तर सुधार्यो, विग्यान र प्रविधिलाई फस्टाउने राम्रो मौका दियो। तर यसका नकारात्मक पक्ष डर लाग्दा छन्।
SFX
Narration 1 continue:
क्षितिज श्रेष्ठ
औद्दोगिक क्रान्तिले उर्जाको मुख्य श्रोत ईन्धन बनाएको थियो। यसरी, अठारौँसताब्दी देखी बलेको ईन्धनले हरित गृह वायुको मात्रा बढायो। हरित गृहवायुले सुर्यका विकिरणहरू वायुमण्डलमा फर्कन दिँदैन। यसैले पृथ्वीको तापमान बढेको छ। वैग्यानिकहरूका अनुसार तापमान वृध्दिको दर वार्षिक तीन डीग्री छ। यो तापक्रम वृध्दिले गर्दा नेपालका पच्चीसवटा हिमताल फुट्ने खतरामा छन्।
SFX
Narration 1 Continue:
क्षितिज श्रेष्ठ
ईन्धनको प्रयोग विकसित देशहरूमा बढी हुन्छ। तथ्याङ्क अनुसार अमेरिका एक्लैले विश्वको सत्तरी प्रतिशत हरित गृह वायु उत्पादन गर्छ। नेपालको हालको हरित गृहवायु उत्पादन जम्मा सुन्ना दश्मलब दुई प्रतिशत छ। तर असर पुरै विश्वलाई छ। समाधानको लागि अमेरिका जस्ता राष्ट्र हरित गृह वायु कसरी कम गर्ने भन्ने तर्फ लाग्छन्। नेपाल जस्तो देश यस समस्या बारे छलफल गरी निती निर्माणको स्तरमा के गर्न सकिन्छ भन्नू रहन्छ।
यसै सन्धर्भमा हामीले वातावरण विग्यान तथा प्रविधि मन्त्रालयका उपसचिव सँग छोटो कुराकानी भएको थियो, तर उहाँको टोक्ने दाँत छैन भनेर कुरा टार्नु भयो।
Voxpop
Laughing sound
Narration 2:
अभिमन्यु दिक्षित
श्रोताहरू, आज हामी बढ्दो औद्दोगिकरण तथा शहरीकरणले वातावरणमा पारेको प्रभावको विषयमा कुरा गर्दै छौँ। वातावरण संरक्षणको लागी युवाहरूको भुमिका के हुन सक्छ त?
Music:
Fade up, Fade out
Narration 3:
अभिमन्यु दिक्षित
क्लिन इनर्जी नेपालले हरेक वर्ष काठमाडौको पूतलीसडक र भक्तपुरको सूर्यविनायकमा वायू प्रदुषणको मात्रा नाप्छ। यसका तथ्याङ्क अनुसार सन् दुई हजार पाँच देखि सूर्यविनायकको वायूप्रदुषण झन्डै आधाले घटेको छ भने पूतलीसडकको प्रदूषण झन बढेको छ।
सन् दुई हजार पाँच मै भक्तपुरका नब्बे प्रतिशत ईट्टाभट्टाले वायु प्रदुषण कम गर्न आफ्ना मेशिनहरू फेरेका थिए। यो सम्भव हुनुको श्रेय पत्रपत्रीकाहरू भक्तपुरका युवा क्लबहरूको क्रीयाशिल सहभागितानै प्रमुख मान्छन्।
SFX
continue:
साच्चैनै वातावरण प्रति सचेत युवा पीडीलाई आफ्नो भविष्य प्यारो छ। तर नेपालमा सचेत युवाहरू थोरैछन्। चेतनानै प्रमुख हुनुपर्छ। नेपालीज् युथ फर् क्लाइमेट एक्सनका मन्जीत ढकाल
Interview:
मन्जीत ढकाल
Conclusion:
अभिमन्यु दिक्षित
यसरी युवावर्गले प्रदूषण कम गर्न पहल गरे भने आफ्नो भविष्यलाई बचाउन सक्छन्। साइकल र्याली, वृक्षारोपण कार्यक्रम, नदीनाला सरसफाई अभियानहरू हाम्रो समुदायमा नयाँ होईनन्। यी कार्यक्रमहरूमा सबैभन्दा बढी सहभागीता युवा वर्गकै देखिन्छ। चाहे ती संस्थागत कार्यक्रम हुन् या विद्दालयको कार्यक्रम हुन् या स्वेच्छिक स्वयंसेवी कार्यक्रम हुन्।
Music
Fade up... Fade Down
Social Advertisement
Music Fade Up.. Fade down
Narration
अभिमन्यु दिक्षित
श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ प्रतेक विहिवार प्रसारण हुने कार्यक्रम हाम्रो घर। हाम्रो घरमा हामीले अहिलेसम्म छलफल गर्यौ :
· ग्लोबल ह्वार्मिङ् को कारण र नेपालमा यसको प्रभाव
l वातावरण संरक्षणको लागी युवाहरूको भुमिका
हाम्रो कार्यक्रममा अझै
· च्छो रोल्पा हिम्तालमा घुमेर आएकाहरूको अनुभव र ग्लोबल ह्वार्मिङ् को प्रभाव उनिहरूका आवाजमा
l वैकल्पिक ऊर्जाको रुपमा सजीवनको तेल प्रयोग गर्दा के-कस्ता फईदा हुन्छन् भन्ने विषयमा छलफल गर्ने छौँ।
l र हाम्रो नियमित नाटक श्रृङ्खला अब फेरिन्छ अझै बाँकी नै छन्।
Music:
Fade up... Fade down
Narration 3
क्षितिज श्रेष्ठ
नेपालको प्राकृतिक सुन्दरतामा साच्चैनै खोट देखाउने ठाँऊ छैन। तराई, पहाड, र हिमाल सबै थरीको हावापानी र भौगोलिक विभेदताले नेपाललाई सजाएको छ। सुन्दर बनाएको छ। नेपालको सुन्दरताले वर्षेनी हजारौँ पर्यटकहरूलाई नेपाल भित्राउने गर्छ।
तर, अब सुन्दरताको व्याख्या गरेर मात्रै नपुग्ने भएको छ। यो साँचो हो की नेपालको प्राकृतिक दृश्य र सभ्यताले विश्वलाई नै लोभ्याएको छ। त्यसले नेपाललाई संसारको माझमा परिचित पनि गराएको छ। तर, आजको परिस्थितिमा, विश्वभरी प्रकृतिले हेला र दूरदूर सहन परेको छ। त्यसको प्रभाव नेपालका हिमाली भेकमा देखिन थालेको छ।
SFX
Natural sounds
Narration 3 continue
क्षितिज श्रेष्ठ
दुई हजार तीन सय हिमतालहरू रहेको नेपालमा करिब पच्चिस वटा हिमतालहरू खतराको सूचीमा परेका छन्। पृथ्वीको बढ्दो तापक्रमको कारणले बढी हिउँ पग्लिने, समयमा हिउँ वा पानी नपर्ने, मौसम परिवर्तन जस्ता समस्या दिखिएको छ। त्यसरी पग्लेको हिउँहरू हिमतालले थेग्नै नसक्ने गरी जम्मा हुन थाले। यसरी हिमताल फुट्ने खतरा बढ्न गएको छ।
SFX
Narration 3 continue
क्षितिज श्रेष्ठ
यसै मध्ये एक दोलखा जिल्लाको रोल्वालिङ् हिमश्र्ङखलामा पर्ने च्छो रोल्पा हिमताल पनि जलवायु परिपर्तनको चपेटामा परेको छ।
अहिले च्छो रोल्पाको अवस्था कस्तो छ त?
काठमाण्डौ विश्वविद्दालयका विद्दार्थीहरू त्यहा पुगेका थिए।
कार्यक्रमको यस भागमा हामी घुमन्तेको अनुभव सुनाउने गर्छौँ। प्रस्तुत छ च्छो रोल्पा हिमताल घुमेर आएका नेपाली पर्यटकहरूको अनुभव।
Interview
5 Tourists
Social Advertisement
Music
Fade up, Fade down
Narration 4
क्षितिज श्रेष्ठ
श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो घर। यतिन्जेल सुन्नुभयो च्छो रोल्पा हिमतालको भ्रमण गरेर आएका विद्दार्थीहरूको अनुभव। अबको भागमा हामी वैकल्पिक ऊर्जाको रुपमा सजीवनको तेललाई लिन सकिन्छ भन्ने विषयमा छलफल गर्ने छौँ। त्यस सँग सँगै हाम्रो नियमित नाटक पनी प्रस्तुत गर्छौँ।
Music
Fade up, Cut
वातावरणमा प्रतिकूल असर पारिरकेको पेट्रोलियम पदार्थको विकल्पको रुपमा जैविक पदार्थलाई लिँदा धेरै फाईदा देखिन्छ। यसले वातावरणमा मात्रै कम प्रभाव पर्ने नभई आर्थिक रुपमा पनि मद्दत पूर्याउँछ। ऊर्जा उत्पादनमा स्वनिर्भर बनाएर राष्ट्रको धन वर्षेनी बाहिरिनबाट समेत जोगाउँछ।
आर्थिक विकास र ऊर्जाको गहिरो सम्बन्ध हुन्छ। नवीकरणीय ऊर्जाको सदुपयोग गरी नेपालको ग्रामीण जनताको सामाजिक तथा आर्थिक जीवन उकास्न सकिन्छ। यसले देशको बढ्दो ऊर्जाको मागलाई पूरा गर्न सक्छ। साथसाथै वातावरणको संरक्षण र वन विनाश हुनबाट पनि बचाउँछ।
Inspiring Music
Narration continue
क्षितिज श्रेष्ठ
आर्थिक वर्ष दुई हजार त्रीसठ्ठि मा कुल उर्जा खपतलाई हेर्दा चौरासी प्रतिशत परम्परागत ऊर्जा, पन्ध्र प्रतिशत व्यापारिक ऊर्जा, र एक प्रतिशत नवीकरण ऊर्जा प्रयोग भएको पाईन्छ।
व्यापारिक ऊर्जामा मुख्यत: पेट्रोलिएम पदार्थ छैँसठ्ठी प्रतिशत, कोईला सोर्ह प्रतिशत र विद्दुतमा उन्नाईस प्रतिशत रहेका छन्।
विगतका वर्षका तथ्याङ्क हेर्दा प्रति वर्ष पेट्रोलिएम पदार्थको खपत बढ्दै गएको छ। त्यसैले नेपालमा वैकल्पिक ऊर्जा र प्रविधिको विकास र विस्तार गर्न जरुरी छ।
SFX
Narrationक्षितिज श्रेष्ठ
संसारभरी चल्ने सवारी साधनहरूको पेट्रोलिएम पदार्थ मुख्य ऊर्जा हो। तर यस ऊर्जाले वातावरणमा हरितगृह वायु फ्याक्ने गर्दछ। जैविक ऊर्जा बल्दा हरितगृह वायु न्युन हुन्छ।
वातावरणलाई पनि कम असर पार्ने, आर्थिक रूपमा पनि फाईदा हुने र ऊर्जा उत्पादनमा स्वनिर्भर हुने- यति धेरै फईदा हुँदा हूदै पानि हामी सजीवनको खेती किन गर्दैनौ त?
SFX
Narration
क्षितिज श्रेष्ठ
वैकल्पिक उर्जालाई नै विस्तारै मूल ऊर्जाको रुपमा प्रयोग गर्ने बेला आई सकेको छ। हाल विश्वमा सबैभन्दा बढी बायोडिजेल उत्पादन गर्ने राष्ट्र जर्मनी हो। जर्मनीले वर्षमा झन्डै दुई सय करोड लिटर बायोडिजेल उत्पादन गर्छ। हाम्रै छिमेकी मुलुक भारत समेत सन् दुई हजार उन्नाईस सम्म वार्षिक एक सय बीस लाख लिटर बायोडिजेल उत्पादन गर्ने योजना लागू गरिसकेको छ। हामी मात्र किन पछाडी पर्ने?
Music
Narration:
क्षितिज श्रेष्ठ
बायोडिजेल उत्पादनमा सजीवनको तेललाई बढी प्रभावकारी मानिन्छ। कार्यक्रमको अन्तिम भागको रूपमा हामी वैकल्पिक उर्जाको विशेषतामा केन्द्रित नाटक सुनाउँदै छौँ। प्रस्तुत छ नाटक- अब फेरिन्छ।
Sfx
नाटक
Social Advertisement
Music
Narration:अभिमन्यु
श्रोताहरू, आजको कार्यक्रमको समय सकिनै लागेको छ। अर्को कार्यक्रममा हामी बिभिन्न सामाग्रीका साथ भेट्ने नै छौ।
Music
Narration:
अभिमन्यु दिक्षित
तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? केही सल्लाह, सुझाव वा प्रतिक्रिया छ भने हामीलाई लेख्नुहोला
पत्राचारको लागि ठेगाना:
कार्यक्रम हाम्रो घर,
भाषा तथा आम सञ्चार विभाग,
काठमाण्डौ विश्वविद्दालय,
धुलिखेल, काभ्रे,
पोस्ट बक्स: ६२५०
फोन न: ०११-६६२२४५
र हाम्रो इमेल ठेगाना हो: hamroghar@ku.edu.np
Music
Closing: क्षितिज श्रेष्ठ
हवस् त, हाम्रो घर आजलाई यतिनै। कार्यक्रमबाट कार्यक्रम निर्माता लक्षमण दत्त पन्त, प्राविधिक सहकर्मी .................. , साथी अभिमन्यु सित म क्षितिज अर्को कार्यक्रम सम्मका लागि विदा माग्छु। नमस्कार॥
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment