Friday, January 8, 2010

Confessions from KU: About Love (2006)

Confessions from Kathmandu University. About Love 2006

सन्दर्भ 4 वर्ष अगाडीको हो। २००६ तिर को। म, हामी, Media Studies को first Batch हरू 2nd Semester मा थियौँ। पहिले सत्र मा आफ्नै कक्षाका सहपाटीहरू र अरू School (विषय) पर्ढ्ने, जस्तै, School of Science, School of Engineering, काहरूलाई चिन्दा चिन्दै बित्यो। तर Media बाट थोरै मात्र घुलमिल हुन्थे त्यो बेला, अरूहरू सँग। कक्षाका धेरैको Routine, KU आउ, घर जाउ हुन्थ्यो।

घुल्मिलहुनेहरू लाई धेरैले चिन्थिए। KU वरीपरि बस्ने भएकोले होला। Kishor (GK) ra Bijen (राम्री) Hostel बस्थे, अनि, क्षितिज पेप्सी बस्थ्यो, म २८ किलो बस्थेँ, दिपक कहिले बनेपा कहिले २८....

कक्षाका सबैजना अरू Faculty सँग घुल्मिल पनि हुन्छन्,अलिकति Media Studies Goodwill पनि, अनि, Media Studies Group, हाम्रो Club को Activity पनि अनि, Charity पनि को लागि केही काम गरौँ , नयाँ काम गरौँ जस्तो लाग्यो। त्यही हो, 1st Year को जोश।

Film Festival गरौँ भनेर लाग्यौँ। किनभने, Isc मा नि गरिसकेका थियौँ, Isc मै २ वटा Film, 2 वटा Documentary, बकैदा Charity Event को लागि Makers, Distributors (फिलिमको लागि Jai Nepal) सँग KU मा गर्न पाउँ भनेर Permission लिएरै काम गरेका थियौँ। सार्है झन्झटिलो काम थियो, १ दिनको लाई मात्र गरेका थियौँ त्यो बेला। २ वटा Documentary- भेडाको ऊन जस्तो, र ईतिहास जित्नेहरुका लागि र, 2 वटा Films- School of Rock, र The Incredibles।

Media Studiesमा, Isc को Deepak, र म थियौँ।

यो पालि गर्दा खेरी, HBO, Cinemax, StarMovies, Cinema Hall, मा देखाउने फिलिम भन्दा पनि, Film Festival मा जाने खाले फिलिमहरू देखाऔँ, Media को Brand, एउटा छुट्टै Class मा बस्नु पर्छ भनेर लागियो।

त्यही सन्दर्भमा, हामीले, Russian Culture Center मा, "Anton Chekhov's About Love" भन्ने फिलिम हेरेको थियौँ ....आधी मात्र है तर। त्यो नि देखाम् जस्तो लाग्यो। किनभने, +2, Isc मा, English किताबमा About Love भन्ने छ। KU को Isc. मा थिएन है फेरी। पछि त्यो Story पढ्दा खेरी, Movie र Story मा थोरैमात्र तालमेल देखियो।

जे होस्। रुसी साँस्कृतिक केन्द्र, (Russian Culture Centre) बाट, Permission लिएर त्यो Movie ल्यायौँ।

अरू Movie, Documentary हरू पनि ल्याएका थियौँ। जस्तै, भेडाको ऊन जस्तो, स: कर्णाली, ईत्यादिको लागि अनेक Permission Slipहरुमा Signature गरी गरी ल्याएका थियौँ।
Hotel Rwanda, Motorcycle Diaries भने, बिना permission; तर Studio लाई एउटा Email पठाऔँ ।

अरूको छुट्टै कथाहरू छन्। यो कथा चाहीँ About Love को हो।

रुसी सांस्कृतिक केन्द्रमा हामीले About Love आधी भन्दा अलिकति बढीमात्र हेरेका थियौ। Russian Film, Subtitle सहित, रमाईलो नै थियो। त्यो फिलिम घर ल्याएर फेरी हेर्यौँ।

घरमा हेर्दा खेरी, About Love मा Last Last तिर, Physical Love पो रहेछ। सभ्य नेपालीमा भन्दा त्यो फिलिममा अश्लील,कुन्ठित दृश्य रहेछ। केटा केटी नाङ्गै हुन्छन्। केटीको स्तन मात्र देखाउने नाङ्गो होईन, पूरै नाङ्गो, माथि देखि तल सम्म। केटा पनि उही हो। फेरी नाङ्गो मात्र हुन्छन् है, अरू केही पनि हुन्न। तर आपत नै हो।

के गर्ने? त्यो Movie नै Cancel गर्ने? त्यो गर्न मिल्दैन थियो, सबैभन्दा धेरै Audience About Love ले नै ल्याउँथ्यो, किनकी, त्यस्को लागि Publicity कम चाहिन्थ्यो।

एक छिन काटेर देखाउने? जस्तो लाको थियो, झन्झट जस्तो भो। केही उपाय निस्किन्छ कि भनेर फेरी हेर्यौ, फेरी हेर्दा खेरी Normal लाग्यो। यति सम्म चल्छ जस्तो नि लाग्यो। अनि एक छिन पछि, बाल हो, यो भन्दा कति खत्तम हेरेका हुन्छन मान्छेहरूले भन्ने निस्कर्ष निस्कियो। तर एक चोटी हाम्रो Department Head लाई सोधुम्, Controversial कुराहो, Permission लिनु पर्छ।

हाम्रो Languages and Mass Communications को Head Of Department, जङ्गब चौहानलाई सोध्न गयौँ, दिपक बोल्यो, म साथ मात्र गाको। सर लाई "सर, filmमा अलिकति अश्लिल द्रश्यहरू छन्" भन्दा सरले के छ र भन्नु भो। दिपकले त्यो बेला भनेको अहिले पनि सम्झनामा छ- "केटी निबस्त्र हुन्छे"। निबस्त्र रे... म हाँसो रोकीराको थिँए... तर अन्तिममा, सरको remarks हरू positive नै थियो। Bachelor तहका विद्दार्थीलाई पच्छ भन्ने भयो, र Go Ahead, पाईयो।
.....................................

Marketing phase:

Poster बनायौँ, Anton Chekhov's About Love भनेर, तर, यो Film को Marketing, Poster ले भन्दा नि चियापसलमा, बाटोमा भेटेको बेला दिईएको "आउ है" ले बढी काम गर्थ्यो।

Marketing फरक Group लाई फरक किसिमको गरिन्छ। तर Product एउटै हुन्छ। हाम्रो अगाडी, केटा र केटी गरी, २ वटा Consumer Group हरू थिए। Product= About Love. Meaning Distort हुनु हुन्न, र Goal- Clear हुनु पर्छ।

हाम्रो Motive or Goal भनेको, Hall मा, धेरैलाई फिलिम देखाउनु थियो। Charityको लागि पैसा जम्मा गर्नु थियो।

यसरी गरियो:

KU का केटीहरूलाई "Anton Chekhov को, +2 मा पढ्नु पर्थ्यो नि, हो त्यही, Anton Chekhov's About Love" भन्दै बोलायौँ। उनिहरूलाई त्यति भने पुग्थियो। हाम्रो बुझाई अनुसार, पढेको कुरा हो, र फेरी Love Story भन्यो भने, केटीहरू उस्सै नि आउँथे।


केटाहरूलाई Love Story भन्यो भने कमै आउँथे, त्यसैले, Anton Chekhov भन्नै परेन, "केटाहो, About Love,Film, खतरा Scene छ, हेर्न आऊ है" भन्यौँ।

Natural हो। हाम्रो गोल Clear थियो, Motive अनुसार काम गर्यौँ।

केटीहरूलाई ढाँटेको पनि हैन, पूरै सत्य नभनेको, Film को नाम त त्यही थियो नि।
जसरी बोलाएपनि फिलिम राम्रो भए पुगेन र???

फिलिम वास्तवमा राम्रो थियो, सबैले हेरुन् भन्ने भयो।
.......................................................................................................

शोको दिन, Hall Pack थियो। Computer Block को Auditorium मा गरेका थियौँ। Student हरू पलेटी- कसेर फिलिम हेर्न बसिराको थिए।

म चाहीँ, सबैलाई देख्ने ठाऊँमा... Reaction हेर्न रमाईलो होला जस्तो लाको थियो।

आँटेको त हो नि, KU जस्तो ठाऊँमा, public मा, ल हेर निबस्त्रता... Charity को लागि भन्न सकेको, KU कै ईतिहासमा पहिलो चोटी होला। नभएनि, मेरो ६ वर्षको KU मा पहिलो चोटी नै हो ।

Anyway, Scene आयो.....
यस्तो छ- older केटी, younger केटा, दुबै Nude, अनि त्या भको Conversation ले Sex Scene कहिले नहेरेको मान्छेलाई अलिक आछु आछु नै बनाऊँछ। त्यस्तो कोही कोही मात्र हुन्छ... भन्ने मेरो बुझाई थियो। तर त्यहाँ भाको केटीहरूले मेरो बुझाई गलत बनाए।

केटीहरूले मात्र Reaction देखाए... बिचरा, कत्तिले नखरा भन्लान, कत्तिलाई चाच्चिकै अफ्ट्यारो भाको थियो होला... मलाई त Reaction हेर्न रमाइलो लाको थियो।

Scene आउन साथ- कोही केटीहरू मुख छोप्छन्, कोही, आँखा मात्र छोप्छन, कोही, आँखा छोपेको जस्तो गरेर औँलाको बीचबाट प्वाल बनाएर हेर्छन। तर कोही केटीहरू अटल, No Flinching, No reaction Whatsoeverपाराले बसिराको थिए, मुख छोप्नेहरूले तिनिहरूलाई सोध्थे, "सकियो" भनेर।

कोही केटाहरू लजाएका थिए Public मा porn हेरियो भनेर होला, कोही मख्ख थिए, तर धेरै केटाहरूले Naturally लिए... जुन चहीँ सोचेको जस्तै भाको थियो।

बसमा जानुपर्ने बाहेक, कोही छिटो निस्केनन्। र कोसैले पनि, "यो भएन, बन्द गर" भनेनन्।
पुरै कथा सकियो, कत्तिले "Good Job" पनि दिए। हामी हास्यौँ।
.......................................................................................

Objectively हेर्दा खेरी, हिन्दी Cinema को १० हजार वटा कम्मरको vulgar thrust हेर्न हुने रे, अनि, त्यही कुराको रसियन Alternative हेर्न नहुने??? खै...

केही, सम्झनाहरू नियाल्दा खेरी, यो पनि कैद रहेछ। Confessions भनेर राखे पनि, I am quite proud of this memory. हा हा हा....

4 comments:

  1. Good Job indeed! I like the way you write!

    I shall try to watch 'About Love' too!

    ReplyDelete
  2. hehehe !!!
    dada maile ni +2 ma Pade About Love ... Ramro Chha

    ReplyDelete
  3. dammi bro dammi.........india tour ko lagi hami GEomatics le garna lageko film fest ma ni yo problem ako thio........tara i voted for censorship...afno afno bichar ho...nyways good job...

    ReplyDelete