Monday, December 14, 2009

Normal...

फेरी निद्रा लागेन
अब २-३ बज्छ, ट्वाल्ल पर्यो, बस्यो, यसो को को छन्... भनेर online हेर्यो, ती नै हुन्छन जैले...
जैले देखिरकाहरू।
काम नपाकाहरू।
काम भाको भए बिहान ९ बजे हाजिर गर्नु पर्ने हुन्थ्यो होला, अरू मान्छे सरह,
Normal मान्छे सरह...

Normal हुनु पनि काई हो।
स्वाद नै हुन्न क्या life मा। हरेक दिन उही routine... उही व्यस्तता।
अनि हरेक हप्ता शुक्रबारको पर्खाई
दारू खानलाई।

शुक्रबारको पर्टीमा नि जहिले त्यही group हुन्छ।
अनि त्यही कुरा... त्यहाँ नभाको मान्छेको...
त्यस्तोलाई "कुरा काट्ने" भन्छन् अलिक पाकाहरूले।।

नेपाली भनेपछि कुरा काट्ने भनेको रगतमै हुन्छ क्यार
दुनियाले चाहिँ केटीहरूले... मुख्यत: आईमाईहरूले धेरै कुरा काट्छन् भन्छन्!
होला।।
तर मैले देखेको, केटाहरूपनि उत्तिकै छन।


४-५ जना केटा केटा भेलाहुँदा... दारू खाँदा... गफको मात्रै Quantityको हिसाब गर्ने हो भने:

१. नम्बरमा केटीको... धेरैमा देखेको, कुरा काट्ने मै पारेको यसलाई पनि।

२.नम्बरमा ...बुढाहरूमा बेसी Politicsको गफ हुन्छ, अनि Teenagers मा कत्तिको झ्याप भईयो, या यो भन्दा नि अझै झ्याप कहिले भाको थियो, र त्याहाँ, त्यो बेला, के कस्तो ताल देखाईयो....

३. अरू मूड अनुसार हुन्छ.... गफ। Ideas, Plans, Sports, Movies, Philosophy,

त्यो Ageको मुड जे छ, त्यही अनुसार।

४. २-३ जना मात्र भाको बेला दु:ख बाँडिएला। यस्तो भयो भने रक्सी पिएको सार्थकभो मान्छु म चाहीँ।

तर यस्तो बेला उपदेश लिन हुन्न। किनकी, झ्याप सुरमा मन-लाग्दी बोलिन्छ।

४ नम्बरमा दु:ख बाड्नु भनेको, सुनाउनु मात्र हो। दारू खाको मान्छे सँग Therapy खोज्ने हैन।
बोल्न दिने हो, अनि अर्कै तर्फ मन डुलाउने।

.....दारूमा पुगेछ कुरो। हामी Routine जिन्दगीको कुरा गर्दै थियौँ।....

मान्छेको कस्तो हुन्छ भने...
मान्छेलाई रोग लागे पछि मत्रै ....हिँड- डुल गर्न पाए हुन्थ्यो,
घुम्न पाए हुन्थ्यो, date जान पाए हुन्थ्यो लाग्छ...
प्रतक्ष असर नपरे सम्म.... तँलाईँ यस्तो हुन्छ, अनि तँ मर्छस्, भन्ने नपरे सम्म केही ठूलो परिवर्तन आऊँदैन।

त्यही बटोमा सोच्ने हो भने,
जिन्दगी रमेर जिउँछु भन्छौँ तर... कतिसम्म? एकदिन मरिहालिन्छ, जस्तो लाग्छ...
एक दिन मरिहालिन्छ, मोज गरुम्, २ दिनको जिन्दगानी... भन्दा फेरी... "पाप लाग्ला है"!! भन्छन्
तर म फेरी, भगवानको पूजा- अर्चना नगरे पनि, स्वर्ग र नर्क चाहीँ मान्छु।


नर्क देखि साह्रै डर लाग्छ।
नर्कमा त पोल्छन् रे।
हामी तात् तातो तेलमा,फ्राई हुन्छौँ अरे, बेसनमा दलेर होला, स्वादको लाई
अनि यमराजका भूँडीवाल दानव पालेहरूका लागि... KFM हुन्छ होला, केन्टकी फ्राई मान्छे।
बकेट बकेट खाने होलान् है हाम्रो....

त्यतिमा मात्रमा पीडा सकिन्न नि।
त्यहाँ बाट, दानवको digestive systemको सयर,
अनि एकै थुप्रो,
आत्मा हो क्यार, अजर-अमर हुन्छ... (सन्चो हुन समय लाग्ला, तर सन्चो हुन्छ)
अनि एकै छिन निको हुन बिश्राम,नुवाई धुवाई,
अनि फेरी, त्यही Routine.


तर अब,
स्वर्ग चाहीँ रमाईलो सुनिन्छ।
ईन्द्रको Clubमा गयो,
Dance हेर्यो,
मुड चले अप्सराहरू सँग Flirt गर्दै बस्यो... छुट्टै रमाईलो।

तर काँ हामी जस्तालाई छिर्न देलान त ? सार्है सोझो हुनु पर्ने होला है, त्या entry पाउन।
बाहिर फेरी
दारू भन्न नहुने होला।
जाम न 'सोमरस' खान... भन्यो भने, "हुन्न पाप हो", भन्ने होला ।

म अनि, "किन हुन्न?? भगवानले त खान्छन" भन्थेँ।
स्वर्गको Logic पनि पृथ्वीको जस्तै हुँदो हो... "भगवानले त गाँजा नि खान्छन्।"

अनि फेरी Topic change गर्न त्यही कुरा,
"तिमीले ३ हजार वर्षको मानव सभ्यताको दर्शन अध्य्यन गर्यौ ?"

ढाट्न मिल्दैन फेरी,
"अलि अलि गरेँ"

त्यहाँ पनि यस्तो गर् उस्तो गर, यस्तो नगर, उस्तो नगर, भन्नेहरू भईहाल्छन् नि।
"लौन, अध्ययन पुगेन है, पुगेन, ३ हजार वर्षको मानव सभ्यता र ३ करोड वर्ष भगवान दर्शन सकाउनु बाँकी छ। पुगेन"

त्यस्तै हुन्छ जस्तो लागिराको छ मलाई।

एक चम्चा पानीमा दुबेर मर, तेरो केही scope देखिन मैले।

No comments:

Post a Comment