साँझको घण्टाघरको घण्टी,
घण्टीको आवाज छोप्ने, जमल र दरबार मार्ग बाट हुत्तिएर आउँदै गरेका
असङ्ख्य रातो प्लेटका मोटरसाइकल र गाडीहरू ,
बाटोको छेउमै प्यासेन्जर बोलाउँदै गरेका माईक्रोबस र टेम्पोहरू,
सिट छ भनेर सोध्दै गरेका हुल,
जाम छल्दै आकाशे पुलबाट नाक खुम्च्याउँदै हिँडने,
बसन्तपुर गई राम्रा-नराम्रा ठीटा-ठीटी हेर्ने हतार भएका पैदलयात्रीहरू....
तल पेटीमा,
घर गएर भात पकाउन अबेला भएका, छिट् छिटो पाईला चलाउने बटुवाहरू,
उनिहरूलाई डाक्ने व्यापारीहरू,
सबैलाई तह लगाउन ठूल् ठूला धोडा चढेका ट्राफिक पुलिसहरू,
ती सबैलाई टाढाबाट हेरिरहेको गणेशमान सिँहको सालिक।
बाटो पारी,
हरियो रूख, रातो बेन्च,
मानिसको हिँडाईले बनाएको धुलो,
मकै पोलेको काठले जम्मा गराएको धुँवा,
फोहोर-> बदाम बेरेको कागज, प्लास्टिक, झार, पात,र चुरोटको ठुटाहरूको,
रु. १०को एक माना बदाम र रु. ५ को एक खील्ली सूर्य चुरोट बेच्ने नाङ्ग्लो साहुनी,
चिप्लेटी खेलिरहेका बच्चाहरू,
ब्लु फिल्म किन्ने?? ब्लु फिल्म?? भनेर सोध्दै हिडेका घुम्ती सि.डी
पसलेहरू,
भुईँकटहर र काँक्रोमा नुन खुर्सानीहालेर मीठो बनाएर बेच्नेहरू...
केही हुल बटुल्न सकेको चटक देखाउनेहरू,
केही हुल बटुल्न सकेको चटक देखाउनेहरू,
ग्यास्ट्रीक देखी ज्वरो निको गर्ने औषधीको प्रचारगर्नेहरू,
बाबाजीको बुटी बेच्नेहरू,
परमेशवर is everywhere भन्ने साधु खैरे,
र रूखमाथिबाट "गाउँकाहरू बाँदरका छोरा, सहरकाहरू कुकुरका" भन्दै
प्रवचन दिईरहेको मुकुन्दे।
कामबाट फुर्सद भएकाहरू,
बसपर्कबाट बीर-अस्पताल हिँडेकाहरू,
घर जान मन नगरेकाहरू,
केटी घुमाउनेहरू,
केटी खोज्नेहरू,
आशावादीहरू,
जिन्दगी देखि दिक्क मानेकाहरू,
जेनतेन २ छाक गुजारा गर्नेहरू,
धेरै थरिका मानिसहरूमाझ....
कुनामा दम दिनुपर्ने स्टोभ माथि
कुनामा दम दिनुपर्ने स्टोभ माथि
कालो तेल भएको कड्हाइमा आलु तार्दै गरेको
कपाल फुलेको आमालाई कसैले सोध्छ: ए आम्मै!! आलु पाक्यो?
A ode to MY CITY.
just great writing dai...
ReplyDeletethis is our surrounding...
काठमाडौँ सहरलाई Cat Stevens को पाला पछि कसैले रोमान्टिक देखेनन्... सबैले फोहोर र धूलो मात्र देख्छन।
ReplyDeleteसिद्धिचरण श्रेष्ठले मेरो सहरलाई मरूभूमी नै भने... मरूस्थल रे।
मेरो मायालाई मेरो Respect!!
katmandu ma nai pugeko jasto po lagyo ta yo pader
ReplyDeletema kathmandu ma janmeko ta hoina.. tara i have lived there for more than 8 years.. ani malai ni ekdum maya lagcha tyo thau ko.. its got so many memories, crucial ones, turning corner of life ones.. prolly because i spent my adolescence and early twenties there..and i always felt that city had a sense of romance in it.. may be its becuase of the ageing-ness you see in the temples and houses.. and yes due to so many miniscule intermingled lives and stories..
ReplyDeleteloved your ode.. keep writing
एस्तै छ र त काठमाडौं जिउदो छ ।
ReplyDeleteनेपाली युनिकोड